कांग्रेसले शर्मा र साउदलाई बनायो उपनिर्वाचन संयोजक

डिसी नेपाल
२५ चैत २०८० १२:१७
52
Shares

काठमाडौं। नेपाली कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ।

कांग्रेसले इलाम-२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक बनाएको छ।

कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ। उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन्।

त्यस्तै इलाममा उम्मेदवार बनेका खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए। उनी कांग्रेस जिल्ला सभापति समेत हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *