यस्तो छ गण्डकीका मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय

डिसी नेपाल
२६ चैत २०८० ७:३७
68
Shares

काठमाडौं। गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरङ्ग (ओपिडी) सेवालाई थप गरि १२ घण्टा पुर्‍याउने पहिलो निर्णय गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन्। अस्पतालहरुले बिहान १० देखि साँझ ५ बजेसम्म ‘ओपिडी’ सेवा सञ्चालन गर्दै आएकामा अबदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म उक्त सेवा सञ्चालन गर्नेछन्।

कास्की-१ (क) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी नेकपा (एमाले) सहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *