नेपाली मुलकी प्रतिष्ठा बनिन् ‘मिस इंग्ल्याण्ड’ को सेकेन्ड रनरअप
लन्डन। बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवती सेकेन्ड रनरअप बनेकी छन्।
आवेदन दिएका २२ हजारलाई उछिन्दै उनले यो सफलता प्राप्त गरेकी हुन्। न्युक्यासलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले सो टाइटल हात पारिन्।
उनले सोही प्रतियोगितामा टप फण्डरेजरको अवार्ड समेत हात पार्न सफल भइन। सेमिफाइनलमा च्यारिटी क्वीन, इको ड्रेस राउण्ड, ब्ल्याक ड्रेस राउण्ड, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङ गरी ५ राउण्ड भएको थियो।
हङकङमा जन्मिएकी २६ वर्षीया प्रतिष्ठा बेलायतस्थित सडवरीमा बस्दै आएकी छन् । भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मिना राउतकी एक्ली छोरी उनले १६ वर्षमै मोडलिङ थालेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment