राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी
काठमाडौं। राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन् ।
बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन । उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत परेको थियो। यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।
यस अघि कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो। यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment