कोशी प्रदेशसभाको अधिवेशन आव्हान
विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गरेका छन्।
कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए।
सोही अनुरोधको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम विसं २०८१ बैशाख ६ गते दिनको १ बजे कोशी प्रदेशसभा हल विराटनगरमा अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित आजको विज्ञप्तिमा उल्लेख छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment