कांग्रेस सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिन्छ: देउवा
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन्।
कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगी जस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्देश्यले संसद बन्द गरको आरोप लगाएका छन्।
उनले यसबाट सरकार सहकारी पीडितको पक्षमा नरहेको पुष्टि भएको बताउँदै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताएका छन्। उनले लाखौँ सहकारी पीडितको अर्बौं बचत हिनामिना गरिएको बताउदै कांग्रेस पीडितको पक्षमा, सुशासनको पक्षमा दृढतापुर्वक उभिने बताएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment