सुदूरपश्चिममा नाउपाका कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी

डिसी नेपाल
२ वैशाख २०८१ १६:२७
196
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीले दाबी पेस गरेका छन्। उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको दाबी पेश गरिएको छ ।

केन्द्रको सत्ता समीकरणको उम्मेदवारको रुपमा उनले मुख्यमन्त्रीमा दाबि पेश गरेका हुन्। यसअघि आजै नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *