धार्मिक द्वन्द्व निम्ताउने गृह मन्त्रालयको परिपत्र खारेज गर्न सांसद ढकालको माग
काठमाडाैं। गृहमन्त्री रवि लामिछानेको निर्देशनमा संवैधानिक व्यवस्थालाई लत्त्याएर धार्मिक स्वतन्त्रतालाई कुण्ठित गर्ने दुराशयसहित मन्त्रालयले परिपत्र जारी गरेको धार्मिक मोर्चाले आरोप लगाएको छ।
आइतबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी सो परिपत्र खारेज नगरे धार्मिक द्वन्द्व चर्किने र त्यसको जिम्बेवारी गृहमन्त्री रवि लामिछाने हुने चेतावनीसमेत बक्ताहरुले दिएका छन्।
कार्यक्रममा बोल्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले २०८० चैत्र २५ गते गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशाशन कार्यालयमा जारी परिपत्रमा “धर्म प्रचार-प्रसार तथा धर्म परिवर्तनका नाममा विभिन्न व्यक्ति तथा संस्थाहरूले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्ने गरेको र त्यस्ता धार्मिक प्रशिक्षण कार्यक्रमहरूमा विदेशी नागरिकहरू पनि सहभागी भएको पाइकोले यस्ता धार्मिक गतिविधिहरूको सूक्ष्म निगरानी गरी आवश्यक कारबाही गर्ने” भन्ने ठाडो आदेश दिनु नेपालको संबिधान, कानुन र अन्तर्राष्ट्रिय मानव अधिकारको बिपरित रहेको बताए।
पूर्व मन्त्रीसमेत रहेका ढकालले कुनैपनि बहानामा नेपालको धार्मिक सहिष्णुता र सामाजिक सद्भाब खलबलाउने काम स्वीकार्य नहुने बताए। प्रतिनिधि सभाका सदस्य समेत रहेका ढकालले आँफूले निरन्तर अन्तरधार्मिक सहकार्यलाइ प्राथमिकता दिएको उल्लेख गर्दै गृह मन्त्रालय धार्मिक अल्पसंख्यक प्रति अनुदार भएको आरोप लगाए।
सांसद ढकालले नेपालको संविधानको मौलिक हक र कर्तव्य अन्तर्गत समानताको हकमा “राज्यले नागरिकहरुका बीच उत्पति, धर्म, बर्ण, जात, जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र, बैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन” भन्ने उल्लेख गरेको समरण गराउदै धार्मिक क्रियाकलाप माथिको प्रहरी निगरानी नेपालको संविधानको बर्खिलाप हो भने। ढकालले “देश संबिधान र कानुनद्वारा संचालित हुन्छ कुनै मन्त्रीको आदेशद्वारा होइन” भने।
नेता ढकालले “कुनै एक धार्मिक सम्प्रदायले कार्यक्रम गर्ने अनि अर्को धार्मिक सम्प्रदायले उजुरी हाल्ने र त्यसमा प्रहरी हस्तक्षेप् हुँदा के देशमा शान्ति कायम हुन्छ भन्दै प्रश्न गर्दै धार्मिक द्वन्दको बिउ नरोप्न गृह मन्त्रालयलाई सचेत गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment