विप्लव नेकपाले विज्ञप्ति नै निकालेर भन्यो ‘चन्दा माग्न आउँदैछौं, पहिलेजस्तै दिनुहोला’
काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आम सर्वसाधारणसँग औपचारिक रुपमै चन्दा मागेको छ। यसअघि देशका विभिन्न स्थानमा विप्लव नेकपाले चन्दा आतंक नै फैलाएको दाबी गरिए पनि नेतृत्वले त्यसलाई स्वीकार गरेको थिएन। तर, अहिले भने लिखित रुपमै घोषणा गरी चन्दा मागिएको हो।
नेकपाले असार महिनादेखि चन्दा उठाउन सुरु गरिएको र यो क्रम आगामी कात्तिकसम्म जारी रहने जनाएको छ। पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जनताको सहयोग र समर्थनबिना हाम्रो पार्टी क्रियाशिल हुन सम्भव छैन। देशका राजनीतिक, आर्थिक, सांस्कृतिक संकटको समाधान त्यसैका लागि असारदेखि कात्तिकसम्म ५ महिना पार्टीले आर्थिक सहयोग अभियान संचालन गरेको छ। यलाई सदाझैं सहयोग गरिदिनुहुन अनुरोध छ।’
सरकार र विप्लव समूहबीच अनौपचारिक रुपमा वार्ता भइरहेको बताइएका बेला विप्लव समूहको पछिल्लो विज्ञप्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अहिले विप्लव समूहसँग सरकारी वार्ता टोलीका पूर्व संयोजक सोमप्रसाद पाण्डले वार्ताको पहल गरिरहेका छन्। पछिल्लो समय विप्लव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि विप्लव समूह रक्षात्मक अवस्थामा पुगेको सरकारको विश्लेषण छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment