गणेशमान सिंह टि ट्वान्टी राष्ट्रिय क्रिकेट: मधेसमाथि गण्डकीको जित

डिसी नेपाल
६ वैशाख २०८१ २०:१७
4
Shares

काठमाडौं। राजधानीमा जारी वीर गणेशमान सिंह टि ट्वान्टी राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले मधेस प्रदेशलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा गण्डकीले मधेस प्रदेशलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै गण्डकीले तीन खेलमा दुई अंक बटुलेको छ। यसअघि गण्डकी लुम्बिनीसँग सात विकेट र बागमती प्रदेशसँग ६७ रनले पराजित भएको थियो।

त्यस्तै पहिलो खेलमा पराजित भएको मधेसको समान तीन खेलबाट चार अंक रहेको छ। मधेशले बागमतीलाई ६ विकेट र लुम्बिनीलाई २७ रनले हराएको थियो। आजको खेलमा मधेसले गण्डकीलाई जितको लागि एक सय तीन रनको लक्ष्य दिएको थियो। जवाफमा गण्डकीले १६ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४९ रनको योगदान दिए। उनले ५१ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ४९ रन बनाएका हुन्। यसैगरी ईश्वर क्षेत्रीले ३२ रन बनाए भने दीपक डुम्रेले ११ रन जोडे। मधेसका लागि विशाल पटेलले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०२ रनको योगफल बनाएको थियो। उसका लागि विशाल शुस्लिंगले २४ रन बनाए भने विशाल पटेलले २२ रन जोडे । त्यसैगरी मायन यादवले १८, प्रदीप पासवानले १४ तथा अर्निको यादवले १३ रन बनाए।

गण्डकीका लागि कप्तान विपीन खत्रीले चार विकेट लिँदा सुवास भण्डारीले दुई विकेट झारे। त्यस्तै कमल परियार र सन्दीप क्षेत्रीले समान एक एक विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *