काम खोज्न दुबइ गए काम पाएनन्, श्रीमतीसँग मागेको २० हजारले एक झट्कामा करोडपति

डिसी नेपाल
१९ साउन २०७६ ११:१५

दुबइ। कसको भाग्य कतिबेला बदलिन्छ भन्ने कसैलाई थाहै हुँदैन । यस्तै भएको छ एक भारतीय किसानलाई, जसले पहिले काम नपाएर अरुको भरमा बाँच्नुपरेको थियो । उनी एक झट्कामा ४५ करोड रुपैयाँको मालिक भएका छन् ।

गल्फ न्यूजको समाचार अनुसार विलास रायक्ला नामका यी किसान कामको खोजीमा दुबइ गएका थिए । तर उनले त्यहाँ काम नपाएपछि निराश भएर भारत फर्के । घर आएर उनले श्रीमतीसँग २० हजार मागेर एउटा लट्रीको टिकट किने । त्यसपछि एक झट्कामै विलासको भाग्य बदलियो । उनी ४ मिलियन डलरका मालिक भने ।

हैदराबादका विलास डिएच १५ रफल लट्रीको विजेता बनेका हुन् । रोचक त के भने दुबइमा काम नपाएपछि उनले ४५ दिन अगाडि दुबइ छोडेका थिए । शनिबार उनलाई यो कुराको जानकारी दिइयो कि उनले निकै ठूलो धनराशी जितेका छन् ।

रिपोर्टका अनुसार विलास र उनकी पत्नी हैदराबादमा धान खेती गर्छन् र यसबाट उनीहरुको वार्षिक आम्दानी करिब ३ लाख रुपैयाँ छ । विलास पहिले दुबइमै बस्थे र ड्राइभरको काम गर्थे । उनले त्यहाँ हुँदा पहिले पनि टिकट किन्ने गर्थे तर पुरस्कार जित्न सफल भएका थिएनन् । विलासमा अनुसार उनले कामको प्रयासमा असफल भएपछि पत्नीसँग २० हजार रुपैयाँ मागेर आफ्ना साथी रविलाई लट्रीको टिकट किन्न दिएका थिए । रविले विलाको नामबाट ३ टिकट किनेका थिए तीमध्ये एक टिकटबाट विलासले ठूलो रकम जिते ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *