मस्क भन्छन्– रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ!
काठमाडौं। स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच शान्तीको अपील गरेका छन् ।
आफ्नो एक्स ह्यान्डलमा आफ्नो सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको फोटो सेयर गर्दै मस्कले एकअर्कालाई होइन, ताराहरूमा रकेट पठाउनुपर्छ भनेका छन्।
इरानले आक्रमण गरेको ६ दिनपछि शुक्रबार बिहान इजरायलले इरानमा ड्रोन र मिसाइल प्रहार गरेको दाबि गरिएको थियो। तर इरानले भने इजरायलले कुनै आक्रमण नगरेको दाबी गरेको छ।
यहि अप्रिल १३ मा इरानले इजरायलमा ३०० भन्दा बढी मिसाइल प्रहार गरेको थियो। यस अवधिमा उनीहरूले इजरायलको नेभाटिम एयरबेसलाई निशाना बनाएपनि इजरायलले लगभग सबै आक्रमणलाई असफल बनाएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment