ओमानलाई हराउँदै युएई एसिया कपमा छनोट

डिसी नेपाल
९ वैशाख २०८१ २०:१३
428
Shares

काठमाडौं। युएई २०२५ को टी-२० एसिया कपमा छनोट भएको छ।  एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमानलाई ५५ रनले पराजित गर्दै युएई एसिया कपका लागि छनोट भएको हो।

युएईले दिएको २०५ रनको लक्ष्य पछाएको ओमान २० ओभरमा ९ विकेट गुमाउदै १४८ रन मात्र बनाएको थिय ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले कप्तान मुहमद वासीमको शतकको मद्धतले २० ओभरमा ४ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।

एसीसी प्रिमियर कपको उपाधि जितेको युएईले अब एसिया कप खेल्ने छ। त्यस्तै युएईसहित उपविजेता ओमान र तेस्रो भएको हङकङले इमर्जिङ टिम्स एसिया कप खेल्ने छन्।

यस प्रतियोगितामा सेमिफाइनलमा युएईसँग पराजित भएको नेपाल तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग पनि पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.