इन्टर मिलानले जित्यो इटालियन सिरी ए को उपाधि

डिसी नेपाल
११ वैशाख २०८१ ६:५३
28
Shares

काठमाडौं। इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ।

गएराति सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो।

इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए। त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए।

यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए।

यो जितपछि इन्टर मिलानको ३३ खेलमा ८६ अंक भएको छ र लिगमा ५ खेल बाँकी हुदै सिरी ए को उपाधि जितेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको मिलानको भने ३३ खेलमा ६९ अंक रेहको छ।

इन्टर मिलानले योसहित सिरी ए को उपाधि २० पटक जितेको छ । सिरी ए को उपाधि अहिलेसम सबैभन्दा बढी जित्ने क्लब भने युभेन्टस हो। युभेन्टसले अहिलेसम्म ३६ पटक यो उपाधि जितेको छ। युभेन्टसले २०१९- २० सिजन यता सिरी ए उपाधि जितेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.