युक्रेनलाई सहयोग गर्न अमेरिकाले गोप्य रूपमा लामो दुरीका मिसाइलहरू दियो
काठमाडौं । रुसी सुरक्षा बलको सामना गर्न युक्रेनले गोप्य रूपमा अमेरिकाले दिएको लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको छ । अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका छन्।
यी हतियारहरू गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् र यसै महिना युक्रेनमा पुग्न थालेका छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार क्रिमियामा रुसी लक्ष्यमा हमला गर्न एक पटक उनीहरुको प्रयोग गरिएको छ । बाइडेनले अब युक्रेनलाई ६१ अर्ब डलरको सहायता प्याकेज पनि स्वीकृत गरिसकेका छन्।
अमेरिकाले यसअघि युक्रेनलाई आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि अहिलेसम्म युक्रेनलाई कुनै पनि ठूलो र शक्तिशाली हतियार दिन अस्वीकार गरेको थियो ।
तर, अहिले बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रस्तावलाई गत फेब्रुअरीमा गोप्य रूपमा हरियो संकेत दिएको बताइएको छ । यी क्षेप्यास्त्रले ३०० किलोमिटरको दूरीमा प्रहार गर्न सक्छन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने, “अमेरिकाले राष्ट्रपतिको निर्देशनमा युक्रेनलाई लामो दुरीको एटीएसीएमएस उपलब्ध गराएको पुष्टि गर्न सक्छु। युक्रेनको अनुरोधमा अमेरिकाले यो जानकारी सार्वजनिक गरेको छैन।”
कति हतियार पठाइयो भन्ने अझै स्पष्ट भइसकेको छैन, तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनलाई थप हतियार पठाउने वाशिङ्टनको योजना रहेको बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment