‘मीटू’ पछि बलात्कारमा दोषी ठहरिएका हलिउड निर्देशकविरुद्धको फैसला अदालतले उल्टायो
काठमाडौं । अमेरिकामा न्यूयोर्कको एक अदालतले एक महिलालाई बलात्कार गरेको अभियोगमा २०२० मा दोषी ठहरिएका हलिउड निर्देशक हार्वी वाइन्स्टिनविरुद्धको फैसलालाई उल्टाएको छ।
अदालतले हार्वी वाइन्स्टिनलाई निष्पक्ष सुनुवाइको अवसर नदिइएको बताएको छ। अदालतले हार्वी वाइन्स्टिन विरुद्ध ‘मीटू’ सम्बन्धी मुद्दामा बोलाइएका साक्षीहरू बलात्कार सम्बन्धी मुद्दासँग जोडिएका थिएनन्।
अदालतले भन्यो – यसको मतलब हार्वी वाइन्स्टिनको विगतको व्यवहारको मामलामा उनलाई निष्पक्ष सुनुवाइको अधिकार दिइएको थिएन। अदालतले यस मुद्दामा नयाँ सुनुवाइ गर्ने आदेश दिएको छ।
हार्वी वाइन्स्टिन हाल जेलमा छन् । लस एन्जलसमा बलात्कारको मुद्दामा उनीविरुद्ध छुट्टै सुनुवाइ भएको थियो र उनलाई दोषी घोषित गरिएको थियो। अदालतले बिहीबार चार विरुद्व तीन मतले यो निर्णय उल्टाएको हो ।
ट्रायलमा हार्वे वाइन्स्टिनको मुद्दामा अदालतले बलात्कारको मुद्दासँग सम्बन्धित नभएका मानिसहरूको बयान स्वीकार गरेको भनिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment