२०-२२ वर्ष उमेरका दर्जनौं प्रतियोगीहरूलाई पछि पार्दै ६० वर्षकी महिलाले मिस युनिभर्स प्रतियोगिता जितिन्

डिसी नेपाल
१४ वैशाख २०८१ १५:०३
44
Shares

काठमाडौं । ६० वर्षको उमेरमा मिस युनिभर्स ब्यूनस आयर्सको ताज पहिरिएपछि वकिल तथा पत्रकार एलेजान्ड्रा मारिसा रोड्रिग्जले भनिन्, ‘म यो सुरुवात गर्ने पहिलो पुस्ताबाट हुँ ।’

एलेजान्ड्रा मारिसा रोड्रिग्वेजले ६० वर्षको उमेरमा मिस युनिभर्स ब्युनस आयर्सको उपाधि जितेर इतिहास रचेकी छिन् ।

मारिसा रोड्रिगेजले भनिन्, “म सौन्दर्य प्रतियोगितामा नयाँ युगको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छु । आज हामी एक नयाँ सुरुवात गर्दैछौं, जहाँ महिलाहरू अब शारीरिक सौन्दर्यमा मात्र सीमित छैनन्।

आफ्नो भविष्यका योजनाहरू बताउँदै मारिसा रोड्रिग्वेजले भनिन्, “मिस युनिभर्स अर्जेन्टिना २०२४ मा सहभागी हुन पाउँदा म उत्साहित छु।”

यसअघि १८ देखि २८ वर्षसम्मका महिलाले मात्रै यस प्रतियोगितामा भाग लिन पाउँथे । सेप्टेम्बर २०२३ मा, मिस युनिभर्स संगठनले यी प्रतियोगिताहरूमा भाग लिनको लागि उमेर सीमा हटायो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *