शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन

डिसी नेपाल
१९ साउन २०७६ २२:००

काठमाडौं । रोटरी क्लव ललितपुर मिडटाउनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ।

क्लवले ललितपुरस्थित होटल हिमालयमा एक कार्यक्रमको आयोजना जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो।

सम्मान तथा अभिनन्दन ग्रहणपछि संस्कृतिविद समेत रहेका जोशीले क्लवको कार्यको प्रशंसा गरेका थिए। उनले रोटरीले आफूलाई सम्झेर सम्मान गरेकामा खुसी व्यक्त गरे।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी भएका डा. जोशीलाई क्लवका पेप्सिडेन्ट रमेशसिंह प्रधानले सम्मान प्रदान गरेका थिए।

पेप्सिडेन्ट प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा बरिष्ठ नाट्यकर्मी प्रचण्डमान श्रेष्ठले शताब्दी पुरुष जोशीको व्यक्तित्वबारे चर्चा गरेका थिए। श्रेष्ठले भने, ‘शताब्दी पुरुष जोशीको योगदानलाई सम्मान गर्दै अंगिकार गर्न आवश्यक छ।’

दीप प्रज्वलन तथा नेवारी संस्कृति अनुसार पुजाआजा गरेर शुभारम्भ गरिएको कार्यक्रममा उपस्थिति पाहुनालाई नात्येश्वर मूतिको मायाको चिनो प्रदान गरिएको कार्यक्रममा संयोजक सुरबहादुर श्रेष्ठले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *