तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट भविष्यमा नेपाललाई फाइदा पुग्छः उद्योगमन्त्री (भिडियो)

डिसी नेपाल
१७ वैशाख २०८१ १५:०५
12
Shares

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट भविष्यमा नेपाललाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन्।

१७ औं नेपाल–चीन(तिव्वत) आर्थिक तथा व्यापार मेलाको सोमबार काठमाडौंको भृकुटिमण्डपमा उद्घाटन गर्दै मन्त्री भण्डारीले रेलवे सञ्जालबाट चीनको मूख्यभूमि चीन र तिब्बत जोडिएको उल्लेख गर्दै त्यहाँ बढिरहेको आर्थिक गतिविधिबाट र रेलवे नेटवर्कले भविष्यमा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका हुन्।

नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गदै मन्त्री भण्डारीले उच्च हिमालय र कठिन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि वाधाका रुपमा नरहेको बताए।

उनले चीनसँग नेपालको व्यापार घाटा बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिनेमा जोड दिए । उनले व्यापार मेला दुई देशबीच व्यापार प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यमका रुपमा रहने उल्लेख गरे।

मेला यही वैशाख २२ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ५० चिनियाँ र १५ नेपाली व्यापारिक कक्ष राखिएका छन् । नेपाली कक्षहरूमा नेपालबाट चीन निर्यात हुने करिब ४० निर्यातयोग्य वस्तु राखिएका छन् । नेपाल र चीनको स्वशासित क्षेत्र तिव्वतमा प्रत्येक दुइ–दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम यसपटक नेपालमा मेला आयोजना गरिएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *