आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु
अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ।
भूमिकास्थान नगरपालिका–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी प्रतीत सिंह राठोरका अनुसार आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन्। हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिका भित्रै आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment