एक महिनामा तेस्रो विदेशी तेल ट्याङ्कर इरानी कब्जामा
तेहरान । इरानले खाडी क्षेत्रबाट फेरि एउटा विदेशी तेल ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन् ।
इरानी राज्य सञ्चालित टेलिभिजनले दिएको जानकारी अनुसार रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले अरब मुलुकबाट इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियाली खाडी क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको हो। प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बुझिएको छ।
ट्याङ्करसहित यसका चालक दलका सात सदस्यलाई पनि इरानी पक्षले नियन्त्रणमा लिइ अनुसन्धान गरेको बताइएको छ । अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध कस्दै लगेर दुई देशबीच तनाव चर्किएको बेला यो घटना भएको छ।
सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताबाट फिर्ता भएपछि अमेरिकाको इरानमाथि पुनः प्रतिबन्धहरू लगाएको छ। जसका कारण अमेरिका र इरानबीचको सम्बन्धमा निकै तिक्तता देखिएको छ। रासस/एएफपी
No ads found for this position



डिसी नेपाल
Facebook Comment