भोजपुरका अग्निपीडित परिवारलाई नगद हस्तान्तरण

डिसी नेपाल
१८ वैशाख २०८१ १०:०९
132
Shares

भोजपुर। भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट संकलित रु दुई लाख ८३ हजार आठ सय १० हस्तान्तरण गरिएको हो।

गत चैत ३ गते भोजपुर नगरपालिका–१२ टक्सारका पाँच परिवार र वैशाख ११ गते सोही नगरपालिका–८ पोखरेका पाँच परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले पीडितलाई प्रतिपरिवार रु २८ हजार तीन सय ७१ का दरले राहत हस्तान्तरण गरेको हो। हङकङ–भोजपुर सेवा समाजका अध्यक्ष इन्द्रराज श्रेष्ठको पहलमा रकम संकलन गरिएको हो । गर्न आवश्यक छ ।”

बन्दीलाई सोलार सेट वितरण

जिल्ला कारागारका बन्दीलाई रामप्रसादराई गाउँपालिकाले सोलार सेट हस्तान्तरण गरेको छ। गाउँपालिकाले रु ७० हजार बराबरको ‘सोलार सेट’ वितरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए। कारागारमा चार महिला, एक बालक र एक सय तीन पुरुष गरी एक सय आठजना बन्दी छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *