पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

डिसी नेपाल
१८ वैशाख २०८१ २१:२१
32
Shares

काठमाडौं। विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज थापासहित डा प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकोे थियो।

अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै रु एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *