गुडिरहेको मोटरसाइकलबाट खस्दा १९ वर्षीया रानीको मृत्यु

डिसी नेपाल
२० साउन २०७६ १०:४९

काठमाडौं । गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको ज्यान गएको छ ।

टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आइतबार बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीया रानी श्रेष्ठको मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजीक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *