सन्दीपको मुद्दा हेर्न नमिल्ने, आज सुनुवाइ नै भएन
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ भएर । आज पाटन उच्च अदालतमा मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तोकिएकोमा मुद्दा हेर्न नमिल्नेमा परेको हो ।
जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्दा आज तेस्रो स्थानमा थियो । यस मुद्दामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो।
काठमाडौं अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन्।
त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयपनि पत्न उच्च अदालतमा पुनरावेदनमा गएको छ। उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडी बढाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment