कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

डिसी नेपाल
२९ वैशाख २०८१ ७:३८
172
Shares

काठमाडौं। ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ। आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो।

ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो, गाब्रियल जिसस र रिचार्लिसन जस्ता खेलाडीलाई बाहिर राख्दै टिमको घोषणा गरेको छ ।

ब्राजिलको टिम:

गोलकिपर: बेन्टो, एडरसन, एलिसन।

डिफेन्डर: डानिलो, यान कोउटो, गुइलहेर्मे अराना, वेनडेल, बेराल्डो, एडर मिलिताओ, गाब्रियल मागालहाएस र मार्क्युनोस।

मिडफिल्डर: आन्द्रेज पेरेइरा, जोआओ गोमेज, ब्रुनो गुइमारेज, डोगलस लुइज र लुकास पाक्वेटा।

फरवार्ड: एनड्रिक, एभानिल्सन, रोड्रीगो, गाब्रियल मार्टिनेली, राफिन्हा, साभिन्हो र भिनिसियस जुनियर।

कोपा अमेरिकामा ब्राजिल समूह डी मा रहेको छ। जसमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टारिका रहेका छन्। ब्राजिलले कोपा अमेरिकामा आफ्नो पहिलो खेल जुन २४ मा कोस्टा रिकाविरुद्ध खेल्दै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *