अल हिलालले जित्यो साउदी लिगको उपाधि

डिसी नेपाल
३० वैशाख २०८१ ६:४६

काठमाडौं। अल हिलालले साउदी प्रो लिगको उपाधि जितेको छ। शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि जितेको हो।

अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए । त्यसैगरी अहमद अल जुवैदले एक गोल आत्मघाती गोल गरेका थिए। त्यसैगरी अल हाजमका लागि फैज सेलेमानीले एक गोल गरेका थिए।

यो जितपछि अल हिला यस सिजनमा अपराजित रहँदै ३१ खेलमा ८९ अंक हासिल गरेको छ। अल हिलालले आफ्नो ३१ खेलमा २९ जित र २ बराबरी खेलेको छ। अल हिलालले यस सिजनको लिग ३ खेल अघि नै जितेको छ।

दोस्रो स्थानमा रहेको अल नासर ३१ खेलमा १२ अंकले पछि रहेको छ।

यो अल हिलालको १९औं लिग उपाधि हो। अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो। अल हिलालपछि अल इतिहाद र अल नासरले ९-९ पटक लिगको उपाधि जितेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *