युएईका कप्तान वासीम बने आइसीसीको अप्रिल महिनाको उत्कृष्ट खेलाडी

डिसी नेपाल
३१ वैशाख २०८१ २०:२५
64
Shares

काठमाडौं। युएईका कप्तान मुहमद वासीम आइसीसीको अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’ बनेका छन्।

वासीमले पाकिस्तानका शाहीन शाह अफ्रिदी र नामिबियाका गेरहार्ड इरासमसलाई पछि पार्दै उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन्।

वासीम आइसीसीको प्लेयर अफ द मन्थ अवार्ड जित्ने युएईका पहिलो खेलाडी हुन्। वासीमको नेतृत्वमा युएईले एसीसी प्रिमियर कप जितेर अर्को वर्ष हुने एशिया कपमा आफ्नो स्थान सुरक्षित गरेको थियो। २०२१ को अक्टोबरमा युएईका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेभ्यु गरेदेखि नै वासीम युएई टिमका महत्वपूर्ण खेलाडी रहेका छन्।

वासीमले टी–२० क्रिकेटमा युवाबाट खेल्दै अहिलेसम्म १९७७ रन बनाउदै युएइका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.