कस्तुरीको बिना जस्तो देखिने बस्तुसहित काठमाडौंमा दुई जना पक्राउ
काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजुबाट दुर्लभ एवं संरक्षित बन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने सेतो बस्तु करिब ७७.४५ ग्रामका ४ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा दोलखा बिगु नगरपालिका-४ घर भएका ३६ वर्षीय बाबु नेपाली र सोही ठाउँ घर भएका ४५ वर्षीय रमेश लामा रहेका छन्।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले प्लास्टिकमा पोको पारी पाईन्टको गोजीमा लुकाईछिपाई राखेको अवस्थामा उक्त बस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
उक्त घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने भएकोले थप अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment