ओलम्पिक तयारीका लागि प्रिन्सलाई खेल सामग्री
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई खेल सामग्री प्रदान गरेको छ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको उपस्थितिमा दाहाललाई खेल सामग्री हस्तान्तरण गरे। दाहाललाई र्याकेट, स्ट्रिङ, जुत्ता र ब्याग प्रदान गरिएको हो।
सदस्य–सचिव घिसिङले खेल सामग्री प्रदान गर्नुअघि सो सामग्री गुणस्तरीय भए नभएको बारेमा दाहालसँग सल्लाह गरेका थिए। ब्याडमिन्टन खेलाडी दाहाल केही दिनअघि वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकका लागि छनोट भएका थिए। गृष्मकालीन ओलम्पिकका लागि पहिलो पटक नेपाली ब्याडमिन्टन खेलाडीका रुपमा उनी सहभागी हुन लागेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment