फोनबाट धम्क्याएर रकम माग गर्ने काममा संलग्न व्यक्ति पक्राउ

डिसी नेपाल
२१ साउन २०७६ ६:२१

काठमाडौं । फोनबाट धम्क्याएर ७५ लाख रुपैयाँ माग गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका-२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले धम्क्याएर रकम माग गरेको आरोमा पक्राउ गरेको हो।

विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी बिभिन्न व्यक्तिहरूलाई धम्क्याई उक्त रकम माग गर्ने कार्यमा संलग्न गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका-२४ धापाखेलबाट पक्राउ गरेको हो।

गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको खुल्न आएको र निज उपर थप अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *