राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी

डिसी नेपाल
३ जेठ २०८१ ७:२४
68
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा पञ्जावले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको १४५ रनको लक्ष्य पछाएको पञ्जावले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।

यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो।

पञ्जावको यस सिजनमा यो पाँचौं जित हो। १३ खेलमा १० अंक रहेको पञ्जाव प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ।

त्यस्तै राजस्थान रोयल्सको भने यो पाँचौ हार हो। राजस्थानले आफ्ना पछिल्ला चार खेलमा लगातार हार बेहोरेको छ।

राजस्थानको १३ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । राजस्थान यसअघि नै प्लेअफमा भने छनौट भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *