जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना!

डिसी नेपाल
५ जेठ २०८१ ८:००
96
Shares

काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने तयारी गरेको छ।

मिडिया रिपोर्टका अनुसार जाभी बार्सिलोनामै रहने सहमति भएको केहि सातामै बार्सिलोनाले जाभीलाई बर्खास्त गर्ने दाबि गरिएको छ।

काटालन रेडियो स्टेसन आरएसी-१ ले बार्सिलोनाका प्रेसिडेन्ट जोन लापोर्टाले जाभीलाई बर्खास्तको तयारी गरेका हुन्।

यस अघि जाभीले गत जनवरीमै यस सिजनको अन्त्यमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए। यस सिजनमा ला लिगा पनि जित्ने अवस्थामा नरहेको र च्याम्पियन्स लिगबाट पनि बाहिरएको अवस्थामा जाभीले बार्सिलोना छोड्ने निर्णय सुनाएका थिए।

तर केहि साता अघि मात्र प्रेसिडेन्ट लापोर्टा र क्लबका अन्य वरिष्ठ अधिकारीहरुसँगको छलफलपछि जाभी अझै एक सिजन बार्सिलोनामै रहन सहमत भएका थिए। साथै जाभीले बार्सिलोनाको आर्थिक अवस्था राम्रो नभएकोले रियल म्याड्रिडसँग प्रतिष्पर्धा गर्न मुश्किल भएको धारणा व्यक्त गरेका छन्।

रिपोर्टका अनुसार बार्सिलोनाका केहि खेलाडीको विषयमा जाभी र व्यवस्थापनबीच फरक धारणा बनेपछि जाभीलाई हटाउने निष्कर्ष निकालिएको छ । साथै जाभीले हाल क्लबमा रहेका खेलाडीको क्षमता अनुसारको नतिजा निकाल्न नसकेको बोर्डको निष्कर्ष समेत रहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.