आइपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदै छ। बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ।
जारी आइपिएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ। रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडी जितेमा प्लेअफमा पुग्ने सम्भावना रहेको छ भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा प्लेअफमा पुग्ने छ।
चेन्नईको अहिले १३ खेलमा १४ अंक रहेको छ र चौथो स्थानमा छ भने बैंगलुरु १३ खेलमा १२ अंकसहित छैटौं स्थानमा रहेको छ।
यस सिजनमा कोलकोता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यस अघि नै प्लेअफमा पुगिसकेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment