हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

डिसी नेपाल
५ जेठ २०८१ १७:२१
184
Shares

काठमाडौं। मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डयालाई एक खेलको प्रतिबन्ध लागेको छ। मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण हार्दिकलाई एक खेलको प्रतिबन्ध लागेको हो।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिकलाई स्लो ओभर रेटका कारण ३० लाख भारु जरिवानासहित एक खेलको प्रतिबन्ध लगाएको छ। यो सिजनमा मुम्बईको तेस्रो पटक स्लो ओभर रेट भएका कारण हार्दिक निलम्बनमा परेका हुन्।

अब हार्दिकले आईपीएल २०२५ सिजनको पहिलो खेल खेल्न पाउने छैनन्। मुम्बईले यस सिजनमा समूह चरणका सबै १४ खेल खेलेको छ र यस सिजनमा मुम्बई पुछारमा रहेको छ।

यस सिजनमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि एक खेलको निलम्बन गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *