काठमाडौँमा हावाहुरीसहित वर्षा
काठमाडौँ। काठमाडौँमा हावाहुरीसहित वर्षा भएको छ। आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो।
काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। उनले भने, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ।”
उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी आज बागमती, कोषी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए। स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको तथा आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment