‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’

डिसी नेपाल
८ जेठ २०८१ ८:२३
12
Shares

काठमाडौँ। विश्वभर बौद्ध दर्शनको सान्र्दभिकता बढ्दैै गएको तथा त्यो सर्वदा रहने बौद्धविद्वान्हरूले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागले २५६८औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमाको अवसरमा सोमबार आयोजना गरेको ‘कार्यक्रमका वक्ताले बुद्धदर्शनको सान्दर्भिकता नेपालसहित विश्वभर बढ्दै गएको तथा त्यो सर्वदा रहने बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा घनश्याम भट्टराईले बुुद्धका उपदेश कार्यान्वय हुनसकेमा समग्र मानवजातिको कल्याण हुने बताउनुभयो । उहाँले बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै गइरहेकाले मानवका असीमित चाहना नै दुःखको प्रमुख हो भने । गौतमबुद्धको दर्शन, उपदेश र जीवन विज्ञानका बारेमा प्राज्ञिक निकायले थप अनुसन्धान गर्नुपर्ने उनले बताए ।

गुम्बा विकास समितिका अध्यक्ष थुप्तेन जिग्डोलले बौद्ध अध्ययन जीवन जिउने कला भएकाले मनको शान्तिका लागि बुद्धका उपदेश उपयोगी हुने बताए ।

त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डा चन्द्रकला घिमिरेले बौद्ध अध्ययन केन्द्रीय विभागलाई समयानुकूल रुपान्तरण गर्दै बौद्ध अध्ययनलाई प्रचारप्रसार गर्दै अनुसन्धानका गतिविधिमा केन्द्रित गरिएको बताए।

बुद्ध प्रकाश फाउण्डेसनका सदस्य खेन्पो पेमा ओजेर, त्रिविका स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्यामराज ओझा र त्रिवि कर्मचारी सङ्घ विश्वविद्यालय क्याम्पसका सभापति अनन्त पौडेललगायत वक्ताले बुद्ध जन्मेको देश नेपालको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न आवश्यक भएको बताएका थिए । सोही अवसरमा त्रिवि बौद्ध अध्ययन केन्द्रीय विभागबाट प्रकाशित जर्नलको विमोचन गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *