कोलकोता आइपिएलको फाइनलमा

डिसी नेपाल
९ जेठ २०८१ ८:०७
92
Shares

काठमाडौं। कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न आइपिएलको पहिलो क्वालिफायरमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।

सनराइजर्सले दिएको १६० रनको लक्ष्य पछाएको कोलकोताले १३.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यसअघि सनराइजर्सले १९.३ ओभरमा अलआउट हुँदै १५९ रन बनाएको थियो।

योसहित कोलकोता चौथो पटक आइपिएलको फाइनलमा पुगेको छ। यस अघि २०१२ र २०१४ मा उपाधि जितेको कोलकोता २०२१ मा उपविजेता बनेको थियो।

यस खेलमा हार बेहोरेको सनराइजर्स हैदरावादले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ। अब इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा सनराइजर्ससँग खेल्ने छ । इलिमिनेटरमा बुधबार रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्स खेल्दै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.