पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔं : मुख्यमन्त्री अधिकारी

डिसी नेपाल
९ जेठ २०८१ १३:१२
8
Shares

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनले पारेका असरबाट जोगाउन सबैको सहयोग जरुरी रहेको बताएका छन्।

काठमाडौँमा आजदेखि सुरू भएको ‘अन्तर्राष्ट्रिय संवाद’ मा उनले जलवायु परिवर्तनले पारेको असरका कारण पर्वतीय क्षेत्रमा बासोबास गर्ने मानिसको जनजीवनमा गम्भीर प्रभाव परिरहेको भन्दै समस्या न्यूनीकरणमा सहयोगका लागि आग्रहसमेत गरे।

“जलवायु परिवर्तनले जैविक विविधता, मौसमी अवस्थामा गम्भीर असर पारेको छ। ती समस्या र असर तत्काल न्यूनीकरण गर्नुपर्ने छ। मनाङ मुस्ताङमा आएका बाढीले पनि हाम्रो जनजीवन र प्रकृतिमा कति क्षति पुगेको छ भन्ने उदाहरण दिएका छ। यी क्षेत्रलाई समस्याबाट जोगाऔं”, अधिकारीले भने।

मुख्यमन्त्री अधिकारीले जलवायु परिवर्तनको प्रभावका कारण जलविद्युत् तथा अन्य पूर्वाधारमा धेरै क्षति पुगिरहेको भन्दै समयमा नै सचेत हुनुपर्नेमा जोड दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.