कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरिएको छ।
बुधबार धनुषा जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। सरकारी वकिल कार्यालयले पाँच दिनको म्याद थप्न सिफारिस गरेको थियो ।
नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा पुर्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतमा हाजिर गराइएको थियो भने त्यसपछि सरकारी वकिल कार्यालयमा लगिएको थियो।
न्यायाधीश चुडामन खड्काको इजलासबाट ३ दिनको म्याद थप अनुमतिको आदेश दिइएको धनुषा अदालतका श्रेस्तेदार कैलाशप्रसाद भट्टराईले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment