क्रिकेटर लामिछानेको भिसा नदिएकाेबारे अमेरिकी दूतावासको यस्ताे स्पष्टिकरण

डिसी नेपाल
१० जेठ २०८१ ६:५५
1.3k
Shares

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले आफ्नो प्रतिक्रिया दिएको छ। दूतावासले अमेरिकी कानुन अनुसार व्यक्तिगत भिसाका मुद्दाहरूमा टिप्पणी गर्न नमिल्ने जनाएको हो।

भिसा रेकर्डहरू अमेरिकी कानुन अन्तर्गत गोप्य रहने भएकाले केही भन्न नमिल्ने दूतावासले जनाएको छ। विश्वकपमा सहभागी हुन अमेरिका जान लागेका क्रिकेटर सन्दीप लामिछानेको भिसा दूतावासले अस्वीकृत गरेको छ।

अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकप खेल्न जान लागेका लामिछानेलाई दूतावासले भिसा दिन अस्वीकृत गरेको हो।

क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाका बारेमी अमेरिका दूतावासको स्पष्टिकरण

“संयुक्त राज्य अमेरिकामा आयोजना हुने टि-ट्वान्टी विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली, द राइनोज,को सहभागीताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न यस दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका थिए। आउँदै गरेका खेलहरूका निम्ति सम्पूर्ण टिमलाई हाम्रो शुभकामना छ।

उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेका छन्।

अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौं।”

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *