काँग्रेस नेता सिंह अस्वस्थ, मेडिसिटीमा भर्ना
फाइल फाेटाे।
काठमाडौं। काँग्रेस नेता प्रकाशमान सिंह अस्वस्थ भएका छन्। उनलाई सोमबार बेलुका काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।
नेता सिंह केही दिनदेखि घरमै उपचार गराइरहेका थिए। तर, स्वास्थ्यमा सुधार नभएपछि असपताल भर्ना गरिएको हो। यूरिन इन्फेक्सन, हाइ सुगर र ज्वरो आएपछि उनलाई असपताल भर्ना गरिएको नेता सिंह निकट विद्यार्थी नेता युपी लामिछानेले डिसी नेपाललाई जानकारी दिए।
अस्पताल भर्नापछि उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको लामिछानेले बताए। एकदुई दिनमै अस्पतालले डिस्चार्ज गर्ने उनको भनाइ छ।
काँग्रेसको आगामी महाविधेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका नेता सिंह पछिल्ला दिनहरुमा देश दौडाहामा थिए। जिल्ला दौडाहाको धपेडीले पनि उनको स्वास्थ्यमा प्रतिकुल असर परेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment