हिलोले खेतझैं बनेको चाबहिलको सडकमा यात्रुको सास्ती (फोटोफिचर)

डिसी नेपाल
२१ साउन २०७६ १४:३५

काठमाडौं। यो दृश्य कुनै कार्यालय तथा केही कामका लागि फारम भर्न उभिएको लाइन होइन। यो त राजधानी काठमाडौंमा हुने गरेको सवारीको ट्राफिक जाम जस्तै मानिसहरुको जाम हो।

राजधानी काठमाडौंको व्यस्त सडकमध्यको एक हो चावहिल सडकखण्ड। जहाँ रिङ्रोड र अन्य रुटका हजारौं सवारीसाधन दिनहुँ कुदिरहेका हुन्छन्।
तर यति धेरै व्यस्त सडकका बाबजुत पनि यो सडकको एउटा घाउ भने कहिल्यै निको भएन। त्यो हो, खाल्डाखुल्डी र ढलको पानी जम्ने समस्या। यहाँका स्थानीय, व्यापारी र पैदलयात्रीलाई केही वर्षदेखि यही समस्याले पिरोल्ने गरेको छ।

नेताहरु त्यही बाटो भएर आवतजावत गर्ने भएपनि समस्या भने वर्षेनी ज्युकात्यु नै हुने गरेको छ।

ढल निकास नहुँदा पानी सडकभरी पोखरी जस्तै पानी जमिरहेको छ। हिलाम्मे बनेको सोही बाटो भएर विद्यार्थी, व्यवसायी, कर्मचारी तथा यात्रुहरु हिड्न बाध्य छन्।

चिटिक्क परेर गन्तव्यतर्फ निस्केका पैदलयात्रीहरु जुत्ताभरी गन्हाउने ढलको पानी मिसिएको लेदो लाग्दा प्रशासनप्रति आक्रोश व्यक्त गर्दै हिडिरहेका देखिन्छन्। जसल कारण यात्रुहरु पसलका सटर समातेर हिड्नु परेको छ भने हिड्दा समेत मानिसहरु जाम जस्तै पर्खिनु परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *