प्रिमियर लिगमा फर्किए यी तीन क्लब

डिसी नेपाल
१५ जेठ २०८१ ७:४९
204
Shares

काठमाडौं। यस सिजनमा तीन क्लब लेस्टर सिटी आइपीएस टाउन र साउथहम्पटन प्रिमियर लिगमा फर्किएका छन्।

गएराती सम्पन्न प्लेअफको फाइनलमा साउथहम्पटनले लिड्स युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै साउथहम्पटन प्रिमियर लिगमा फर्किएको हो। साउथहम्पटन अघिल्लो सिजनमा पुछारमा रहदै रेलिगेसनमा परेको थियो।

त्यसै गरि यस सिजनको च्याम्पियनसिपमा शिर्ष स्थानमा रहँदै लेस्टर सिटी प्रिमियर लिगमा फर्किएको छ। लेस्टर सिटीले २०१५-१६ सिजनको प्रिमियर लिग जितेको थियो। लेस्टर गत सिजन रेलिगेसनमा परेको थियो।

त्यस्तै यस सिजनको च्याम्पियनसिपमा दोस्रो स्थानमा रहदै आइपीएस टाउन २२ बर्षपछि प्रिमियर लिगमा फर्किएको छ। यस अघि २००२ मा आइपिएस टाउन रेलिगेसनमा परेको थियो।

त्यस्तै यस सिजनमा प्रिमियर लिगबाट लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेसनमा परेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *