साउदी लिगमा रोनाल्डोको कीर्तिमान

डिसी नेपाल
१५ जेठ २०८१ ९:३९
104
Shares

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ कीर्तिमान बनाएका छन्। गएराति सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४-२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए।

यो दुई गोलसहित यस सिजनको लिगमा ३५ गोल गर्दै रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन्। रोनाल्डोले यस सिजनको लिगमा ३१ खेलमा ३५ गोल गरेका छन्।

रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। ययसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्बाधिक ३४ गोल गरेका थिए।

रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन्।

अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ। यस सिजनको साउदी लिग भने अपराजित रहँदै अल हिलालले जितेको छ।

अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *