कान्सको रेड कार्पेटमा नेपाली मोडेल अनिता लिम्बु (तस्वीरसहित)
काठमाडौं। हालसालै सम्पन्न विश्व प्रसिद्द कान्स फिल्म फेस्टिभलको ७७ औं श्रृङ्खलामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सहभागिता जनाएको कुराले धेरै मिडियामा छायो। हरेक बर्षको मे महिनामा फ्रान्सको कान्स शहरमा आयोजना हुने चलचित्र महोत्सव फिल्म र फिल्मसंग सम्बन्धित व्यक्तित्वका लागी निकै चासोको रुपमा रहने गर्दछ।
कान्स फिल्म फेस्टिभलको इतिहास लामो भएपनि नेपाली सेलेब्रेटीहरुको कान्स यात्रा धेरै भएको छैन। यसअघि नेपालबाट नायिकाहरु प्रियंका कार्की , सुरक्षा पन्त लगायतले सहभागिता जनाइसके पनि नेपाल बाहिर लन्डनबाट यस बर्ष मोडेल अनिता लिम्बुले पनि कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेकी छिन्।
लन्डनमा हुने धेरै फेशन शोहरु देखि चर्चित टेलिभिजन रियालिटी शो सम्म सहभागिता जनाइसकेकी इटहरी, सुनसरकी मोडेल अनिताले धेरै नेपाली म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन्।



No ads found for this position

डिसी नेपाल
Facebook Comment