भक्तपुर जिल्ला लिग फुटबल सुरु
भक्तपुर। भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भक्तपुरमा भक्तपुर जिल्ला लिग सुरु भएको छ। प्रतियोगिताको बागमती प्रदेशका सांसद् सुरेश श्रेष्ठले एक समारोहबीच उदघाटन गरे।
प्रतियोगिता असार १ गतेसम्म चल्ने एन्फा भक्तपुरका अध्यक्ष रुपेश धौबञ्जारले जनाए। उनका अनुसार प्रतियोगितामा ९ वटा टिमहरुको सहभागिता रहेको छ। प्रतियोगितामा २० वटा म्याचहरु हुने छन्। खेल प्रतियोगिता प्रत्येक दिन साँंझ ४ बजे भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment