कम्पनी बने बायर्न म्युनिखको नयाँ प्रशिक्षक
काठमाडौँ। जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाएको घोषणा गरेको छ। कम्पनीले बायर्न म्युनिखसँग तीन बर्षको सम्झौता गरेका हुन्।
साथै बायर्नले कम्पनीलाई प्रशिक्षक बनाउन बर्नलीलाई १२ मिलियन युरो तिर्न सहमत भएको छ। यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा २०२८ सम्म सम्झौता रहेको थियो।
म्यानचेस्टर सिटीका पुर्व कप्तान समेत रहेका कम्पनी २०२२ मा बर्नलीको प्रशिक्षक बनेका कम्पनीले क्लबलाई प्रिमियर लिगमा प्रमोट गर्न सफल भएपनि दुई सिजन खेलेपछि फेरि रेलिगेसनमा परेको छ।
अर्को तर्फ यस सिजनमा कुनै ट्रफी जित्न नसकेको बायर्नले दिर्घकालिन रुपमा प्रशिक्षकको समस्या समाधान गर्न ३८ बर्षिय कम्पनीलाई भित्र्याएको बताइएको छ।
हालका प्रशिक्षक थोमस टुचेल यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा भएका छन् । बायर्नले यस सिजनमा लिगमा तेस्रो भएको थियो भने च्याम्पियन्स लिगमा सेमिफाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो।







डिसी नेपाल







Facebook Comment