नेपाल र अमेरिकाबीचको अभ्यास खेल रद्द

डिसी नेपाल
१८ जेठ २०८१ ६:१२
224
Shares

काठमाडौं। आइसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीच हुने भनिएको वार्म अप खेल रद्द भएको छ। स्थानिय समय अनुसार बिहान १०:३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको हो।

टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो। टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाले टस जित्दा नेपालले पहिलो फिल्डिङ गर्ने तय गरिएको थियो।

नेपालले वार्म अपको पहिलो खेलमा सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो। त्यस्तै अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल पनि खराब मौसमका कारण रद्द भएको थियो।

विश्वकप क्रिकेट आगामी जेठ १९ गतेबाट अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ। समूह डी मा रहेको नेपालको समुहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन्।

जेठ २२ गते नेदरल्यान्ड्स विरुद्ध पहिलो खेल खेल्दै नेपालले विश्वकपको यात्रा शुरु गर्नेछ। नेपालले समूह चरणको आफ्नो दोस्रो खेल श्रीलंका विरुद्ध जेठ ३० गते खेल्नेछ भने असार १ गते दक्षिण अफ्रिका र असार कै ३ गते बंगलादेश विरुद्ध समूह चरणको अन्तिम खेल खेल्ने तालिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *