संखुवासभामा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

डिसी नेपाल
१८ जेठ २०८१ २१:१६
8
Shares

किमाथांका। संखुवासभाको सदरमुकाम खाँदबारीमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ प्रदेशस्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो। जिल्ला ब्याडमिन्टन संघले आज खाँदबारीमा पत्रकार सम्मेलन गरी प्रदेशस्तरीय पुरुष डबल र भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो।

प्रतियोगिता यही असार ६ देखि ८ गतेसम्म हुने जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने पुरुष डबलतर्फ रु ६०र६० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३५र३५ हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु १०र१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तैगरी, भेट्रान्सतर्फ रु ५०र५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३०र३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु सात हजार पाँच सय, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

ब्याडमिन्टन प्रतियोगिता खाँदबारी–१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डो स्टेडियममा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेश, भारत र विभिन्न प्रदेशका टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा करिब रु १० लाख खर्च हुने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.